चीनमा १ सय ३३ जना यात्रु बोकेको हवाईजहाज दुर्घटना

चीनमा १ सय ३३ जना यात्रु बोकेको हवाईजहाज दुर्घटना

चीनमा एक सय ३३ जना यात्रु बोकेको हवाईजहाज दुर्घटनामा परेको छ । चाइना इस्टर्न एअरलाइन्सको बोइङ ७३७ जहाज गुवाङ्सी प्रान्तमा दुर्घटनाग्रस्त भएको चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

हवाईजहाज युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको थियो । जहाज दुर्घटना भएपछि जङ्गलमा आगो लागेको देखिएको र उद्धारको काम भइरहेको खबरमा उल्लेख छ ।

दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।