३ हजार १२५ संक्रमित थपिदा थप २३ जनाको मृत्यु

३ हजार १२५ संक्रमित थपिदा थप २३ जनाको  मृत्यु

सोमबार थप ३ हजार १२५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६१३ नमूना पिसिआर परीक्षण गर्दा २ हजार २७९ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ३ हजार १९८ गर्दा ८४६ मा संक्रमण देखिएको छ।

कुल १३ हजार ८११ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। थप २३ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १ हजार ९२५ जना कोरोनाबाट मुक्त भएका छन्। हालसम्म सक्रिय संक्रमितको संख्या ३१ हजार ६ सय २९ रहेको छ।