चट्याङ लागेर पर्सामा २ जनाको मृत्यु

चट्याङ लागेर पर्सामा २ जनाको मृत्यु

जिल्लाको सखुवाप्रसौनी गाउँपालिकामा मंगलबार बिहान चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सखुवा प्रसौनी–४ देवरवना बस्ने ५५ वर्षीय रघुवीर यादव रहेका छन् । यादवको भैंसी चराउने क्रममा खेतमा चट्याङ लागेर मृत्यु भएको हो ।

यसैगरी जिल्लाकै जिराभवानी गाउँपालिका–३ जितपुर बस्ने ५० वर्षीया अस्तोर्मी देवी थारुको पनि चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ । खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।