कक्षा १२ को वार्षिक परीक्षा भौतिक उपस्थितिमै हुने

कक्षा १२ को वार्षिक परीक्षा भौतिक उपस्थितिमै हुने

राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको कक्षा १२ को वार्षिक परीक्षा भौतिक उपस्थितिमा गर्ने तयारी थालेको छ। तर उक्त विषयमा सरकारले भने निर्णय गरेको छैन।

बोर्डले अहिले १२ कक्षाको वार्षिक परीक्षा १०० पूर्णाङ्कको लिखित लिनेगरी तयारी भइरहेको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए।

पछिल्लो समय कोरोना महामारीको संक्रमण न्यून बन्दै गएकाले पनि लिखित रुपमै परीक्षा सञ्चालन गर्ने तयारीमा बोर्ड रहेको छ।