एकसाथ जीवन बिताउन हातमा चेन बाँधेका जोडीको यस्तो भयो हालत

एकसाथ जीवन बिताउन हातमा चेन बाँधेका जोडीको यस्तो भयो हालत

हतमा चेन बाधेर एक अर्कासँग रहने कसम खाएका एक जोडीले अन्ततः बन्धन तोड्दै चेन काटेका छन् । युक्रेनका एक जोडीले आफ्नो प्रेमलाई बलियो बनाउन भ्यालेन्टाइन डेको अवसर पारेर एक अर्कालाई चेनमा बाँधेका थिए । तर, १२३ दिनमा उनीहरुले उक्त चेन काटे । चेन काट्नेवित्तिकै एक अर्कासँग ब्रेकअप पनि गरे ।

युक्रेनकी २९ वर्षीया भिक्टोरिया र ३३ वर्षीय एलेन्जेन्डर उक्त चेन काटेपछि आफ्नो आफ्नो बाटो लागे । भिक्टोरियाले हातको चेन काट्नेवित्तिकै ‘हुर्रे’ भन्दै खुशी व्यक्त गरिन् । उनले भनिन्, ‘म आफ्नो जिन्दगी अब स्वतन्त्र जिउन सक्छु । र आफ्नो एक अलग्गै व्यक्तित्व बनाउन चाहान्छु । अन्ततः म स्वतन्त्र छु ।’

उनीहरुले एकसाथ जुन स्मारकको अगाडि चेन बाँधेका थिए । उनीहरुले सोही स्मारकको अगाडि चेन काटेका थिए । डेलिमेलको रिपोर्टका अनुसार चेन काटेपछि एलेक्जेन्डरले भने, ‘हामीलाई समर्थन गर्ने सबैलाई धन्यवाद ।’

यो जोडीले व्यक्तिगत एकान्तपन र आफ्नो व्यक्तिगत समयबिना कोहीसँग पनि सम्बन्धमा रहँदा त्यसमा दरार आउने भएकाले उनीहरुले आफ्नो विवाहको फैसला तोडेका थिए । उनीहरुले एकसाथ रहँदा उनीहरुबीच दरार पैदा भएको बताए ।

एलेक्जेन्डरले भने, ‘जसरी हामी एक मिठो पल गुजारीरहेका हुन्थ्यौँ । त्यसैगरी मनमुटाव पनि पनि हुन्थ्यो । भिक्टोरिया आफ्नो पहिलेकै जीवनमा फर्किन चाहान्थिन् । उनी आफ्ना अतितमा मनपर्ने चीजहरुको बारेमा याद गर्ने गर्थिन् । मैले उनलाई मेरो अगाडि नै मन लागेको कुरा गर भनेको थिएँ तर, उनले सहीसँग जवाफ दिइनन् ।’

एलेक्जेन्डरले भिक्टोरियाले मेकअप गर्दा झन्झट लागेको समेत बताए । भिक्टोरियाले बिहान उठेर घण्टौँसम्म ऐनाअगाडि बसेर मेकअप गरेको देख्दा, खाना बनाउँदा, फोनमा कुरा गर्दा समस्या हुन थालेकोले एकअर्कासँग झगडा सुरु भएको उनले बताए ।

एलेक्जेन्डरले अगाडि लेखेका छन्, ‘एक अर्काबाट ध्यान हटाउन हामी भिडमा गएर बस्ने गथ्र्यौँ । जब हामी किनमेल गर्न जान्थ्यौँ तब उनी खुसी हुन्थ्यौँ । तर फर्किँदा निकै दुखी हुन्थ्यौँ ।’

उनीहरुले ट्वाइलेट जाँदा सबैभन्दा बढी समस्या भएको बताए । भिक्टोरियाले एलेक्जेन्डरलाई केटीको ट्वाइलेटमा लिएर जाने गर्थिन् । जुन एलेक्जेन्डरलाई राम्रो लाग्दैन थियो । चेनका कारण यी दुवैलाई दुखाई समेत हुन थालेको थियो ।

ब्रेकअपपछि उनीहरु अलग अलग शहरमा बस्नेछन् ।