माडी गोल्डकपको तयारी अन्तिम चरणमा



माडीमा आगामी माघ ३ गतेदेखि दोश्रो माडी गोल्डकप प्रतियोगिता हुने भएको छ।माडीलाइ खेलकुदका माध्यमबाट बिश्वसामु पहिचान गराउने उदेश्यका साथ प्रतियोगिता हुन लागेको हो।आज माडी क्याम्पसको सभाहलमा आयोजक बसन्तपुर युनाइटेड क्लबले पत्रकार सम्मेलन गरि आगामी माघको पहिलो सातादेखि सुरु हुने दोश्रो माडी गोल्डकप प्रतियोगितामा बारेमा जानकारी गराएको छ । माडी नगरपालिकाको मुख्य प्रबर्द्धक एबम बसन्तपुर युनाइटेड क्लबको आयोजनामा खेल हुन लागेको हो ।
क्लबका अध्यक्ष नबिन बस्यालका अनुसार, खेलमा ८ टोली सहित माडीको एक टिम समेत सहभागी हुने छन ।प्रतियोगितामा विजेता टोलीले २ लाख उपविजेताले १ लाख साथमा ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष बस्यालको भनाइ छ ।आगामी माघ १० गतेसम्म संचालन हुने उक्त खेल माडी ३ स्थित बसन्तपुर बजारको खुल्ला खेल मैदानमा हुनेछ । सो खेलमा चितवन , मकवानपुर, पोखरा पर्सा, रुपन्देही, तनहुँ ,काठमाण्डौ लगायतका विभिन्न क्षेत्रका खेलाडीहरुको सहभागीता रहने आयोजकको भनाइ छ ।