बैङ्क तथा वित्तीय संस्थाहरू अब पूर्ण रुपमा खुला हुने

बैङ्क तथा वित्तीय संस्थाहरू अब पूर्ण रुपमा खुला हुने

अब बैङ्क तथा वित्तीय संस्थाहरूले पूर्ण रुपमा खुला हुने भएका छन् । नेपाल सरकारका प्रवक्ता डा. युवराज खतिवडाले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै अब बैङ्क तथा वित्तीय संस्थाहरू पूर्ण रुपमा खुला हुने जानकारी दिए ।

यसअघि एक तिहाइ कर्मचारीहरूमात्रै राखेर बैंकहरूले सीमित शाखाबाट मात्रै सेवा दिइरहेका थिए भने अधिकांश जसो सहकारी संस्थाहरू बन्द थिए।

अब भने बैङ्कका सबै शाखाहरू खुला गरेर सेवा दिन पाउने खतिवडाले बताए । सरकारले शुक्रबारबाट लागु हुनेगरी लकडाउन खुकुलो बनाएको छ।