माडीको इ- लाइब्रेरि र क्वारिन्टिनलाई नारायणगढ रोटरीको सहयोग

माडीको इ- लाइब्रेरि र क्वारिन्टिनलाई नारायणगढ रोटरीको सहयोग

नारायणगढ रोटरी क्लबले आज एक कार्यक्रम बिच माडि नगरपालिकाको एकमात्र क्याम्पस माडि क्याम्पसमा इ–लाइब्रेरी सञ्चालन गर्नकालागि रोटरी अन्तर्राष्ट्रिय, डिष्ट्रिक्ट ३२९२ को डिष्ट्रिक्ट ग्य्रान्ट अन्तर्गत आठथान ब्रान्डेड कम्प्यूटर र एकथान प्रिन्टरकासाथै इ–लाइब्रेरी व्यवस्थित रुपमा सञ्चालन गर्नकालागि आवश्यक सम्पूर्ण सामग्रीहरू प्रमुख अतिथि माडी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तिर्थराज भुषालज्यूको उपस्थितिमा क्याम्पस प्रमुख नेत्र गौतमज्यूलाई क्लबका अध्यक्ष रोटरियन सुसनलाल प्रधानले सहयोग प्रदान गर्नुभयको छ ।कार्यक्रमका अतिथिहरूमा उध्योग वाणिज्य सङ्घ-चितवनका बरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, प्रथम उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, उध्योग वाणिज्य सङ्घ माडिका अध्यक्ष रेशमलाल आचार्य, क्याम्पस व्य.स. सदस्य शोभाखर चापागाई, शशस्त्र प्रहरी बल, माडिका प्रहरी निरिक्षक थकाली चौधरी, सहायक क्याम्पस प्रमुख तोयानाथ तिवारी, बिपद व्यवस्थापन समितिका सयोजक तथा बघौडा रेडक्रस उपशाखाका सभापती भागिरथ भुषाल रहनुभएको थियो ।स्वार्थ भन्दा माथि सेवाको भावनाले समाज सेवामा निरन्तर अघि बढिरहेको यस नारायणगढ रोटरी क्लबले माडि क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी लगायत सरसफाई अन्तर्गत शौचालय निर्माण कार्य समेत यो भन्दा अगाडि सम्पन्न गरिसकेको कार्यक्रम संयोजक तथा क्लबका सर्भिस प्रोजेक्ट डाइरेक्टर इन्जिनियर गुणेश्वर महतोले बताउनुभयो । माडिका विद्यार्थीहरूलाई पाठ्यक्रम बाहेकका पनि बाह्य जानाकारीहरू सहजै प्राप्त गर्न सजिलो होस् भनि माडि क्याम्पसमा इ–लाइब्रेरी सञ्चालन गरिएको र यो भन्दा अगाडि पूर्व अध्यक्ष राजेन्द्र ओलीज्यूको कार्यकालमा भरतपुर नगरपालिका, वडा नं ६, पासरनगरमा अवस्थित शहिद स्मृति माध्यमिक विद्यालयमा पहिलो इ–लाइब्रेरी सञ्चालन गरेको क्लबका अध्यक्ष रोटरियन सुसनलाल प्रधानले बताउनुभयो ।यसै गरी कोरोना प्रभावितहरूका लागि माडिक्षेत्र अन्तर्गत स्थापना गरिएको सोमेश्वर मा.वि. क्वारान्टाइनमा रहेका ७० जना, माडि मा.वि. क्वारान्टाइनका २ जना र माडि क्याम्पस क्वारान्टाइनमा रहेका १४ जनाको लागि क्लबले बीस बोरा चामल र २ बोरा आलु सहयोग प्रदान गरेको छ । साथै क्लबका पूर्व अध्यक्ष राजेन्द्र ओलीबाट ३०० थान मास्क र पूर्व अध्यक्ष मनोज प्रधानज्यूले टाइम फर्मास्यूटिकलको तर्फबाट पाँच लिटर सेनिटाइजर सहयोग उपलब्ध गराएका छन् ।क्लबका सचिव यज्ञमुनी बज्राचार्यले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा नारायणगढ रोटरी क्लबका पूर्व अध्यक्षहरू विज्ञानलाल श्रेष्ठ, रमेश श्रेष्ठ, संजय श्रेष्ठ, २०२०/२१ का लागि निर्वाचित अध्यक्ष अनुकूल श्रेष्ठ, प्रथम उपाध्यक्ष अरुण खनाल, सदस्यहरू किरणनारायण श्रेष्ठ, तारानाथ पाठक, बसन्तबहादुर पाण्डे, सेवन पन्त लगायत पूर्व सदस्य प्रशन्न श्रेष्ठको उपस्थिती रहेको थियो ।