लम्जुङ्गको १ सहित नयां २७ संक्रमित थपिय

लम्जुङ्गको  १ सहित नयां २७ संक्रमित थपिय

नेपालमा आज थप २७ जनामा कोरोना संक्रमण पुष्टि भयको छ ।

यो संगै नेपालमा संक्रमितको संख्या ४०२ पुगेको छ । जसमध्ये ३४० जना पुरुष रहेका छन् भने ६३ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता बिकाश देबकोटाले जानकारि दिनुभयको छ ।

आज थपियको २७ संक्रमित मध्ये झापाका ९ , मोरंगका १ ,सुनसरि १ , सर्लाहि २, काठमान्डौबाट ३ जना यस्तै भक्तपुरबाट १, कपिलबस्तु १ ,रामेछाप १ , ललितपुर १, सिन्धुलि १, लमजुंगमा १ , नवलपरासिमा १ जना गरि थप २७ नंया सक्रमित थपियको मन्त्रालयले पत्रकार सम्मेलन मार्फत जानकारि गरायको हो । यो संगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ४०२ पुगेको छ ।

जसमध्ये ३६ जना उपचारपछि निको भयर घर फर्कियका छन् भने दुई जनाको मृत्यु भयको छ । मृत्यु हुनेमा एक महिला र एक पुरुष रहेका छन् । कोरोनाका कारण देश चैत्र ११ गते देखि जेष्ठ २० सम्मको लागि लकडाउनमा छ ।

कोोरोना नियन्त्रण र रोकथामको लागि लक डाउन गरिय पनि बिस्तारै नेपालमा संक्रमितको संख्या बढ्दै गईरहेको छ । हाल कोरोना संक्रमणका कारण बिश्वभर ३ लाख २० हजार भन्दा बढिको मृत्यु भइसकेको छ । जसमध्ये अमेरिकामा सबै भन्दा बढिले ज्यान गुमायका छन् भने छिमेकिमुलुक भारतमा पनि मृत्यु हुनेको संख्या ३५ सय भन्दा माथि रहेको छ ।