हरेक वर्ष करिब ६ सय अमेरिकीको खाटबाट लडेर मृत्यु

हरेक वर्ष करिब ६ सय अमेरिकीको खाटबाट लडेर मृत्यु

जीवन अनिश्चित छ अनि मृत्य अवश्यम्भावी । मृत्युसँग जोडिएका केही रोचक तथ्य यहाँ पस्किँदैछौं जसबारे थाहा पाउँदा अचम्मित हुनुहुनेछ तपाईं ।

१. न्यूयोर्क शहरमा प्राकृतिक मृत्युले भन्दा आत्महत्याले धेरैको ज्यान लिने गरेको छ ।

२. दायाँ हातले काम गर्ने मानिसभन्दा बायाँ हातले काम गर्ने मानिसको तीन वर्ष पहिले मृत्यु हुन्छ ।

३. शार्कको हमलाले मृत्यु हुने तुलनामा नरिवलको गट्टा टाउकोमा खसेपछि मृत्यु हुने सम्भावना अत्यधिक हुन्छ ।

४. अमेरिकामा रक्सी पिएको एक ड्राइभरले हरेक घण्टा १ व्यक्तिको हत्या गर्दछ ।

५. सगरमाथामा २ सय भन्दा बढिको शव रहेको छ ।

६. संसारमा हरेक ४० सेकेन्डमा एक व्यक्तिले आत्महत्या गर्दछन् ।

७. शार्कले हरेक वर्ष १२ जनाको ज्यान लिन्छ जबकी मानिसले हरेक घण्टा ११ हजार ४ सय १७ वटा शार्कलाई मार्दछ ।

८. सन् १९२३ मा जन्मिएका सबै सोभियत पुरुषमध्ये ८० प्रतिशत दोस्रो विश्व युद्धमा मारिएका थिए ।

९. हरेक ९० सेकेन्डमा एक महिलाको गर्भावस्था वा प्रसव पिडाको क्रममा मृत्यु हुन्छ ।

१०. हरेक वर्ष करिब ६ सय अमेरिकीको मृत्यु खाटबाट लडेका कारण हुने गर्दछ ।

११. संसारभरी करिब २० हजार बच्चाको हरेक दिन गरिबीका कारण मृत्यु हुन्छ ।

१२. संसारभरी हरेक वर्ष करिब ४ लाख ४० हजार मानिसहरुको चिकित्सा त्रुटिका कारण मृत्यु हुन्छ ।