डर लाग्दो सडक दुर्घटना ,२४ जनाको घटना स्थल मै मृत्यु

डर लाग्दो सडक दुर्घटना ,२४ जनाको घटना स्थल मै मृत्यु

ट्रक दुर्घटना हुँदा २४ मजदुरको मृत्यु भएको छ , भारतको उत्तर प्रदेशमा ट्रक दुर्घटना हुँदा २४ मजदुरको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।

शनिबार विहान साढे ३ बजेतिर दुई ट्रक आपसमा ठोक्किदा ट्रकमा सवार २४ मजदुरको मृत्यु भएको बीबीसीले जनाएको छ ।

दुर्घटनामा अन्य २६ जना घाइते भएको जनाइएको छ । दुर्घटना लगत्तै जति सक्दो चाँडै सबैको उद्दार गर्न मुख्यमन्त्री आदित्यनाथ योगीले निर्देशन दिएका छन्।

अधिकारीहरूका अनुसार ट्रकमा सवार अधिकांश मजदुर बिहार, झारखन्ड र पश्चिम बंगालमा बस्दै आएको बताइएको छ ।