चितवनमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा आज (शनिबार) थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पूर्वीचितवन राप्ती नगरपालिका–२ गड्यौली निवासी २५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित व्यक्ति चितवनमा छन् या काठमाडौंमा भन्ने बारे थाह नभएको राप्ती नगरपालिकाकी प्रमुख प्रभा बरालले
बताउनुभयो । अन्य विवरण भने अाउन बाकि रहेकाे मेयरले बताउनुभएको छ।

योसंगै चितवनमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ । तर दुई जना संक्रमित भने निको भएर घर फर्कि सकेका छन्