शुक्रबार कोरोना संक्रमण पुष्टि भएका दाङका व्यक्ति टिचिङ अस्पतालका कर्मचारी

शुक्रबार कोरोना संक्रमण पुष्टि भएका दाङका व्यक्ति टिचिङ अस्पतालका कर्मचारी

शुक्रबार साँझ कोरोना संक्रमण पुष्टि भएका एक पुरुष त्रिवि शिक्षण अस्पताल(टिचिङ)का कर्मचारी भएको पाइएको छ ।

त्रिवि शिक्षण अस्पतालका एक चिकित्सकका अनुसार दाङका ३४ वर्षीया पुरुष टिचिङ अस्पतालको कर्मचारी हुन् । उनी टिचिङ अस्पतालको प्रशासन तर्फका कर्मचारी भएको खुलेको हो ।

ती कर्मचारी दाङबाट काठमाडौं आएर १९ दिन होम क्वारेन्टाइम बसेका थिए । काठमाडौं बाहिरबाट आएकाले जागिरमा जानुअघि कोरोना परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी एक बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि त्यहा कार्यरत केही चिकित्सकहरुलाई पनि क्वारेन्टाइनमा राखिएको छ । बालिकामा संक्रमण पुष्टि भएपछि करिव ७८ जनाको पनि थ्रोड स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । उनीहरुको रिपोर्ट भने आइसकेको छैन ।