बिहानै थप ९ जनामा कोरोना संक्रमणको पुष्टि, नेपालमा संक्रमितको संख्या २५८ पुग्यो

बिहानै थप ९ जनामा कोरोना संक्रमणको पुष्टि, नेपालमा संक्रमितको संख्या २५८ पुग्यो

नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २५८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान विज्ञप्ति जारी गर्दै थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

विज्ञप्ति अनुसार भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँके ८ जना र मकवानपुरका एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएका छ । उनीहरु सबै पुरुष हुन् ।