भारतमा कोरोना भाइरसले २ हजार ६ सयभन्दा बढीको मृत्यु

भारतमा कोरोना भाइरसले २ हजार ६ सयभन्दा बढीको मृत्यु

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २ हजार ६ सय नाघेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ थप ९८ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या २ हजार ६४९ पुगेको छ ।

एकैदिन अरु ३ हजार ९४२ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ८१ हजार ९९७ पुगेको छ ।

५१ हजार ३७९ जनाको उपचार भइरहेको छ भने अहिलेसम्म २७ हजार ९६९ जना निको भएका छन् ।

कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखि लकडाउन जारी गरिए पनि क्रमिक रुपमा खुकुलो बनाउँदै लगिएको छ । मंगलबारदेखि भारतमा सीमित संख्यामा रेल सेवा सञ्चालन गर्न दिइएको छ ।