त्रिवि शिक्षण अस्पतालका ३८ चिकित्सकलाई क्वारेन्टाइनमा राखियो

त्रिवि शिक्षण अस्पतालका ३८ चिकित्सकलाई क्वारेन्टाइनमा राखियो

अस्पतालमा भर्ना भएकी बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि त्रिवि शिक्षण अस्पताल ( टिचिङ) का ३८ जना चिकित्सकलाई क्वारेन्टाइमा राखिएको छ ।

अस्पतालमा रहेकी ६ वर्षीया कोरोना संक्रमित बालिकाको संम्पर्कमा रहेका ३६ जना डाक्टर तथा नर्सलाई क्वारेन्टाइनमा राखिएको अस्पतालका कोरोना व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले खबरहबलाई बताए ।

डा डासका अनुसार संक्रमतिको सम्पर्कमा आएका ३८ जना चिकित्सक तथा नर्सलाई अस्पतालको गशेणमानसिंह भवनमा रहेको क्वारेन्टाइमा राखिएको छ ।

यस्तै संक्रमति बालिका भर्ना भएको न्युरो वार्डलाई सिल गरिएको छ । त्यहाँ ५ जना बिरामीहरु उपचारत छन् ।

डा दासका अनुसार संक्रमित बालिकालाई पनि अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । संक्रमित बालिका रहेको न्युरो वार्डमा सील गरिएपनि अस्पतालको ओपिडि र आकस्मिक सेवा भने सुचारु छ ।