चितवनको भरतपुरमा गरिएको परीक्षणमा एक जनामा कोरोना पुष्टि

चितवनको भरतपुरमा गरिएको परीक्षणमा एक जनामा कोरोना पुष्टि

नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २४६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चितवनको भरतपुरमा गरिएको परीक्षणमा नवलपरासी देवचुली नगरपालिका १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।