त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीया बालिका पनि कोरोना संक्रमित

त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीया बालिका पनि कोरोना संक्रमित

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत ६ वर्षीया बालिकामा पनि कोरोना भाइरस संक्रमण देखिएको छ ।

यो विषयमा अस्पतालले औपचारिक जानकारी दिएको छैन । उनी कपिलवस्तुबाट ६ दिन अगाडि उपचार गर्न काठमाडौं आएकी थिइन् ।

त्रिवि शिक्षण अस्‍पताल स्रोतका अनुसार उपचाररत ती बालिका अस्पतालको न्यूरो वार्डमा उपचाररत छिन् । उनमा कोरोना भाइरस पुष्टि भएपछि टिचिङ अस्पतालको न्यूरो वार्ड सिल गर्ने तयारी गरिएको छ ।

त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. प्रेमबहादुर खड्गासहित अहिले छलफलमा रहेको र बैठकपछि मात्रै वास्तविकता सार्वजनिक गर्ने अस्पताल स्रोतले जनाएको छ।