कपिलवस्तुका ८ कोरोना संक्रमित मध्ये तीन जना सुरक्षाकर्मी

कपिलवस्तुका ८ कोरोना संक्रमित मध्ये तीन जना सुरक्षाकर्मी

कपिलवस्तुमा भेटिएका ८ जना कोरोना संक्रमित मध्ये ३ जना सुरक्षाकर्मी भएको पाइएको छ ।

उनीहरु मध्ये नेपाल प्रहरीका सई, एक जना सशस्त्र प्रहरी बलका सई र अर्का एक जना राष्ट्रिय अनुसन्धान विभागका असई रहेको जनाइएको छ ।

उनीहरु कपिलवस्तुमा यसअघि भेटिएका कोरोना संक्रमितको सम्पर्कमा रहेको स्रोतको भनाइ छ । मंगलबार कपिलवस्तुकी एक जना स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको थियो ।

ड्युटीमा नेपाल प्रहरीका सई, सशस्त्र प्रहरीका सई र राष्ट्रिय अनुन्धान विभागका असईमा कोरोना संक्रमण पुष्टि भएको कपिलवस्तुका प्रमुख अधिकारी दीर्घ नारायण पौडेलले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार साँझ सार्वजनिक गरेको विवरणअनुसार कपिलबस्तुमा थप ८ जनामा कोरोना पुष्टि भएको उल्लेख थियो । जसमा २२, २९, ३२, ४०,४०, ४०, ४२, ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले जानकारी दिए ।

योसँगै कपिलबस्तुमा कोरोना संक्रमतिको संख्या ३० पुगेको छ ।