नेपाली भूमि अतिक्रमण को बिरोधमा आज पनि माडीमा प्रदर्सन

नेपाली भूमि अतिक्रमण को बिरोधमा आज पनि माडीमा प्रदर्सन

चितवन , भारतले नेपाली भूमि अतिक्रमण गरी लिपुलेक हुँदै तिब्बतको कैलाश मानसरोवर जाने सडक बनाएको विरोधमा माडीका युवा विद्यार्थीहरुले अाज दोस्रो दिन पनि प्रदर्शन गरेका छन् ।

युवा विद्यार्थीहरुले बसन्तपुर बजार परिक्रमा गरी नाराबाजी गर्दै भारतको सो विस्तारवादी कदमबिरुद्ध नाराबाजी गरेका हुन् ।

बसन्तपुर बजारका युवाहरु एवं अनेरास्ववियु माडी क्याम्पस इकाई समितिको आयोजनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहनको कार्यक्रम राखिएकोमा अघिल्लो दिनको प्रहरीले सुरुमै हस्तक्षेप गरी दहन अगावै पुत्ला खोसेको भएता पनि अाज भने पुत्ला दहन गरेका छन्

साथै आक्रोशित बनेका प्रदर्शनकारीहरुले प्रहरी र सरकारबिरुद्ध समेत नाराबाजी गरेका थिए । नेपाली भूमि मिच्दै भारतले चीनको मानसरोबर जोड्ने सडक निर्माण गरेको विरोधमा देशैभरका युवा विद्यार्थीहरुले आन्दोलन चर्काइरहेको सन्दर्भमा माडीमा समेत प्रदर्शन भएको हो ।

यसैबिच, भारतीय कदमको बिरोधमा युवा विद्यार्थीहरुले गरेको विरोध कार्यक्रम लाई संवोधनका क्रममा बसन्तपुर बजारका युवा तथा अनेरास्वियूका नेता मिलन पनेरुले पार्टि भन्दा ठूलो देश रहेको र यति वेलाको समयमा कुनै किसिमको राजनिति नगर्न र सवैले अाफ्नो अाफ्नो स्थानवाट भारतिय विस्तारवाद नीतिका विरुद्ध लाग्न समेत अाग्रह गर्नु भएको थियो ।

कार्यक्रममा अनेरास्ववियू माडि क्याम्पसका अध्यक्ष पदम पन्त , विधार्थी नेता रवि भुर्तेल , अमृत अाचार्य समेतको उपस्थिति थियो । मसाल जुलुस प्रदर्शन तथा पुत्ला दहनमा प्रहरिले रोकेपछि प्रहरिका विरुद्ध नारावाजि समेत गरेका थिए ।