आज थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

आज थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

आज थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१९ पुगेको छ ।

कपिलवस्तुमा २२ वर्षीय पुरुष र बाँके नेपालगञ्ज–८ का ३६ वर्षीय पुरुष पुरुषमा पनि कोरोना संक्रमण देखिएको हो ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिए ।

यसअघि धुलिखेल अस्पतालमा भएको परीक्षणमा बाँकेका १ जनामा कोरोना पुष्टि भएको थियो । उनहरूको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ ।

मंगलबार मात्रै उपत्यकाका ३ जनासहित ८३ जनामा कोरोना संक्रमण देखिएको थियो ।