चितवन र नवलपुर जिल्लाका लागुऔषध सुधार केन्द्रहरुलाई रिकभरिंग नेपालको खाध्यान्न सहयोग

चितवन र नवलपुर जिल्लाका लागुऔषध सुधार केन्द्रहरुलाई रिकभरिंग नेपालको खाध्यान्न  सहयोग

रिकभरिंग नेपाल बागमती प्रदेशको समन्वय एवं केन्द्रीय समितिकोे सहयोगमा चितवन र नवलपुर जिल्लाका लागुऔषध सुधार केन्द्रहरुलाई खाध्यान्न सामाग्री सहयोग गरेको छ ।

सामाजिक सेवामा सक्रिय रहदै आएको यि संस्थाले लकडाउनको समयमा पुनस्र्थापना केन्द्रहरुमा पर्न गएको आर्थिक संकटलाई मध्यनजर गर्दै खाध्यान्न चितवन र नवलपुरका गरी १० वटा लागुऔषध सुधार केन्द्रहरुमा खाध्यान्न सहयोग गरेको हो ।

नयाँ जिवन पुनस्र्थापना केन्द्र नवलपुर, परिवर्तन नेपाल पुनस्र्थापना केन्द्र नवलपुर, नया संसार पुनस्र्थापना केन्द्र नवलपुर, रिकभरिंग युनाईटेड रामनगर चितवन, स्प्रीच्युल फाउण्डेशन रामनगर, चितवन फाउण्डेशन मंगलपुर, होप फाउण्डेशन मंगलपुर, लाइफ केयर सुधार केन्द्र फुलबारी, क्रसरोड सुधार केन्द्र भरतपुर, युथ भिजन सुधार केन्द्र भरतपुरमा खाध्यान्न सहयोग गरिएको हो ।

चामल १५ सय ४१ केजी, रातो दाल २५७ केजी, हरियो केराउ २५७ केजी, नुन २५७ केजी, प्याज५१५ केजी, खानेतेल १४ कार्टुन, आलु १सय ३० केजी, साबुन १४ कार्टुन वितरण गरीएको आयोजकले जनाएको छ।बाकी रहेको चितवन र नवलपुरका चार वटा सुधार केन्द्रमा आज वितरण गरीने आयोजकले जनाएको छ।