भीम रावलको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कोरोना संक्रमण

भीम रावलको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कोरोना संक्रमण

पूर्वगृहमन्त्री तथा नेकपा स्थायी समिति सदस्य भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

रामेछाप घर भएका २७ वर्षीय सशस्त्रका ती जवान भक्तपुरमा बस्दै आएका थिए । केही वर्षदेखि रावलको सुरक्षामा खटिएका उनी विगत एक महिनादेखि भने विदामा बस्दै आएका थिए ।

‘उनी एक महिना अघिदेखि घरायसी कामले विदामा बसेका थिए,’ नेता रावलका सहयोगीले बताए ।

उनको सशस्त्र प्रहरी बल नीलबाराही गणमा दरवन्दी रहेको बताइएको छ । हाल उनको टेकु अस्पतालमा उपचार भइरहेको छ ।

नेपालमा हालसम्म २१७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।