कालापानी क्षेत्र नजिकै सशस्त्र प्रहरीको बीओपी आज स्थापना हुने

कालापानी क्षेत्र नजिकै सशस्त्र प्रहरीको बीओपी आज स्थापना हुने

व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजीकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) आज स्थापना हुँदैछ ।

पहिलो चरणमा दार्चुलाको खलंगाबाट २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीको टोली लिएर छाङरु जाने कार्यक्रम रहेको गृह मन्त्रालयले जनाएको छ । गएको मंसिरमै नेपाल सरकारले बिओपी राख्ने निर्णय ढिलाइ भएको हो ।

भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनसँग सीमा जोड्नेगरी सडक निर्माण गरेपछि सरकारले अहिले तत्काल व्यासको छाङ्ग्रुमा सशस्त्र प्रहरीको बीओपी राख्ने निर्णय गरेको हो ।