काठमाडौँ र भक्तपुरमा पनि कोरोनाभाइरस संक्रमित भेटिए

काठमाडौँ र भक्तपुरमा पनि कोरोनाभाइरस संक्रमित भेटिए

नेपालमा मंगलबार थप २६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कूल संक्रमितको संख्या २१७ पुगेको छ ।

यसमध्ये काठमाडौँ र भक्तपुर जिल्लामा पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षण अनुसार भक्तपुर जिल्ला निवासी २५ वर्षीया महिला र २७ वर्षीय पुरुष तथा काठमाडौँ जिल्ला निवासी ३३ वर्षीय महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।