चितवन प्रहरीले किन हटायो त कलर आइडी सेवा ??

चितवन प्रहरीले किन हटायो त कलर आइडी  सेवा  ??

जिल्ला प्रहरी कार्यालय चितवनले अपराधको सूचना दिनेलाई गोप्य राख्न कार्यालयको एउटा टेलिफोन नम्बरको कलर आइडी हटाएको छ । कार्यालयले ०५६–५२०१५५ नम्बरको टेलिफोनको कलरआइडी नेपाल टेलिकममा पत्राचार गरी हटाएको हो ।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङ्का अनुसार परिचय गोप्य राख्न चाहेर आपराधिक गतिविधिका सूचना दिनेलाई सहजहोस् भन्ने उद्देश्यले टेलिफोनको कलरआइडी हटाइएको हो । उनले भने, “सूचना दिन चाहने तर आफ्नो परिचय गोप्य राख्न खोज्नेलाई यसले सजिलो बनाउँछ ।” घरेलु हिंसा, यौन दुव्र्यवहार, लागुऔषध दुव्र्यसनीसँगै विभिन्नखालका ठूला र साना आपराधिक घटनाका सूचना प्रहरीलाई आउन यसले सजिलो बनाएको गुरुङको बुझाइ छ ।

कलरआइडीमा टेलिफोन नम्बर जाँदा सूचना दिनेले असुरक्षित महसुस गर्ने र हुने गरेको पाइएको छ । चितवन जिल्ला देशको मध्यभाग भएकाले अन्यत्र आपराधिक गतिविधि गरेर लुक्न यहाँ आउने गरेका पाइन्छन् । कार्यालयले प्रहरीको यस नम्बरलाई जनमानसमा पु¥याएर सर्वसाधारणबाट बढी सूचना लिने अपेक्षा गरेको छ ।