भारतले सडक निर्माण गरेको विरोधमा प्रदर्शन गर्ने ज्ञानेन्द्र शाही पक्राउ

भारतले सडक निर्माण गरेको विरोधमा प्रदर्शन गर्ने ज्ञानेन्द्र शाही पक्राउ

भारतले लिपुलेकमा सडक निर्माण गरेको विषयमा विरोध जनाउन माइतीघर मण्डलार्फत जाने क्रममा सामाजिक अभियान्ता भनिएका ज्ञानेन्द्र शाही पक्राउ परेका छन् ।

उनलाई काठमाडौंको थापाथलीबाट पक्राउ गरिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतका अनुसार अहिले उनलाई नेपाल पुलिस क्बल भृकुटी मण्डपमा राखिएको छ ।

भारतले सडक निर्माण गरेको विरोधमा प्रदर्शन गर्ने अन्य करिब ५० जनालाई पनि प्रहरीले माइतीघरबाट पक्राउ गरेको छ ।

कोरोना नियन्त्रणका लागि जारी भएको लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिँदै आएको छ ।