साउदी अरेबियामा एक नेपालीको मृत्यु

साउदी अरेबियामा एक नेपालीको मृत्यु

नेपालमा अहिलेसम्म कोरोनाभाइरसका कारण कसैको ज्यान नगए पनि नेपालीले विदेशी भूमिमा यो भाइरसका कारण ज्यान गुमाउनु परेको छ ।

पछिल्लो तथ्यांकअनुसार विभिन्न देशमा ८० जना नेपालीले यो भाइरसका कारण ज्यान गुमाइसकेका छन् ।

केही दिनयता साउदी अरबबाट पनि कोरोनाका कारण नेपालीले ज्यान गुमाएको समाचार आउन थालेका छन् ।

साउदीमा फेरि एक नेपालीको कोभिड १९ का कारण मृत्यु भएको छ । साउदीमा १० नेपाली कोरोना उपचारपछि ठीक भएर फर्किएका छन् ।

साउदीमा रहेको कन्सुलेटले नेपालीको मृत्युप्रति दुःख व्यक्त गर्दै नेपालीलाई सुरक्षित रुपमा त्यहाँको नियम पालना गरेर बस्न अनुरोध गरेको छ ।