सेनाले हानेको मिसाइल ‘भुलवश’ आफ्नै जहाजमा ठोक्कियो, १९ को ज्यान गयाे

सेनाले हानेको मिसाइल ‘भुलवश’ आफ्नै जहाजमा ठोक्कियो, १९ को ज्यान गयाे

ओमानकाे खाडीमा सैन्य अभ्यासकाे क्रममा इरानकाे एक क्षेप्यास्त्र (मिसाइल) आफ्नै जलसेनाकाे जहाजमा खस्दा १९ सैनिककाे ज्यान गएकाे छ ।

घटनामा अन्य १५ जना घाइते भएका छन् । याे सैन्य अभ्यासमा इरानी जलसेनाकाे दुई वटा जहाज समावेश गरिएकाे थियाे ।

इरानकाे सरकारी सञ्चारमाध्यमका अनुसार एक नयाँ एन्टी शिप क्षेप्यास्त्रकाे परीक्षणकाे क्रममा आइतबार याे घटना भएकाे हाे ।

ओमानकाे खाडीमा चलिरहेकाे याे परीक्षणकाे क्रममा क्षेप्यास्त्र सैन्य उपकरण लैजाने काेणार्क नामकाे जहाजकाे लाइट सपाेर्टसँग ठाेक्किएकाे थियाे ।

याे सैन्य अभ्यास हार्मुज स्ट्रेट नजिक भइरहेकाे थियाे । क्षेप्यास्त्रलाई युद्धपाेत जामरानबाट छाेडिएकाे थियाे ।

इरानी सेना लगातार यस किसिमकाे परीक्षण गर्दै आएकाे छ ।

सरकारी सञ्चारमाध्यमकाे रिपाेर्टमा बताइएकाे छ– ‘इरानकाे दक्षिणी तटमा आइतबार दिउँसाे सैन्य अभ्यासकाे क्रममा बन्दर–ए–जस्कमा काेणार्क जहाजसँग एक क्षेप्यास्त्र ठाेक्कियाे ।

लक्ष्य प्रयासका क्रममा जहाज क्षेप्यास्त्रकाे सम्पर्कमा आयाे, किनकि त्यस समय लक्ष्य र जहाजबीचकाे दुरीलाई ध्यान दिइएकाे थिएन ।’

याे घटना राजधानी तेहरानकाे दक्षिण पूर्वमा झण्डै एक हजार दुई सय ७० किलाेमिटर टाढा ओमानकाे खाडीकाे पाेर्ट अफ् जस्कमा भएकाे थियाे ।

जामरान र काेणार्क जहाज इरानी जलसेनाले प्रयाेग गर्छ ।