सरकार लकडाउनको बिकल्प खोज्ने होकी ??

सरकार लकडाउनको बिकल्प खोज्ने होकी ??

सुदिप अधिकारी

कोभिड १९ अर्थात कोरोना भाईरस । चिनको वुहान प्रान्तबाट सुरुभएको यस रोगको माहामारिले अहिले विश्वलाईनै चुनौति दिईरहेको छ ।

रोग जुन देशमा अधिक भयो त्यहि देशमा बिस्तारै नियन्त्रण भएको भनिएको छ , यद्यपि अन्य देशहरुमा यसको माहामारि नियन्त्रण बाहिर छ ।

बेलैमा सतर्कता अपनाएर बस्ने कतिपय देश बाहेक अन्य देशको स्थिति भयभित छ । नेपालको तथ्याङ्क केलाउने हो भने नेपालले चैत ११ गतेबाट लकडाउन गरेको हो ।

अन्तर्राष्ट्रिय उडान ०९ गतेबाट स्थगित गरेको नेपालले , केही ढिलो गरि छिमेकि नाका बन्द गर्न सफल भयो तर नाका बन्दको प्रभाव खासै प्रभावित बन्न सकेन , नेपाली नागरिकका लागि। हिडेरै भारतमा मजदुरि गर्ने र रोजगारिमा रहेकाहरु बेवास्ता गरेर सिमामा लाम लागे ।

नियन्त्रणको प्रयास भयो , जताबाट अाएका हौ उहीँ फर्किन सरकारले अाग्रह गर्यो । सरकारको अाग्रह सुनिदिने कसले? सबैलाई अाफ्नो देश , घर र परिवार प्यारो हुन्छ । तछाड मछाड गर्दै नेपाल प्रवेश भयो । सरकारले १४ दिन क्वारेन्टाइनमा रहन भन्यो र राख्ने प्रयास भयो तर सरकारको नीति मिचेर क्वारेन्टाइनबाटै भाग्ने प्रयास भयो ।

नेपालमा संङ्क्रमित संख्या शून्य थियो । डब्लू एच् अोले नेपाल माथि ग्रिन सिङ्गनल हटाएको दिन अर्थात संङ्क्रमित पुष्टि भएपछि अझै सतर्कता अपनाउन थालियो । नेपालमा यसको परिक्षण गर्ने परिक्षण कीट ल्याईयो । परिक्षण गर्ने क्रममा ढिला सुस्ति जसले समुदायमा कोरोनाको सङ्क्रमण ह्वात्तै बढ्ने देखियो । चैत ११ बाट चैत १८ सम्म पहिलो लकडाउनको तिथि तय भयो ।

कुनै पुर्व योजना बिना गरिएको लकडाउनले जनतामा निकै सास्ति दियो । पढ्न बसेका विद्यार्थी देशका ठुला शहरमा रोकिए । रोजगारि गर्न विभिन्न जिल्लामा रहेकाहरु उतै थुनिए ।

जनताका घर घरमा अावश्यक सरसामान सब‌कोमा सञ्चित थिएन । अन्तर्राष्ट्रिय नीति झनै कडा बन्दै गयो ? नेपालिहरु स्वदेश फर्कन चाहान्थे तर सरकार कानमा तेल हालेर बसिरहेको थियो । पहिलो पटककको लकडाउन सफलै भएको निस्कर्ष सरकारले निकाल्यो ।

हो । लकडाउन सफल भएको हो । सबैले पालना पनि गरेकै हुन् तर उचित व्यवस्थापन र नागरिकको रक्षार्थ केही काम भयोत ?

कसले प्रश्न गर्ने । दोस्रो पटक समय थपियो चैत २५ गते सम्म लकडाउनको समय गुञ्जायस् भयो । त्यसपछि अब झनै चर्काचर्कि हुन थाल्यो । एक पछि अर्को , अर्को पछि अर्को सङ्क्रमिक बढ्दै गए । स्थानिय सरकारले समन्वय गरेर , स्थानिय तहमा रहेका मजदुर र विद्यार्थीहरुलाई अाफ्नै जिल्ला फर्काउने काम गरे ।

बैशाख नजिकिदो थियो । शैक्षिक धरोहर , शैक्षिक सत्र बैशाख ०२ बाट सुरु हुँदै थियो । परिक्षाको मुखमा रोकिएको माध्यमिक शिक्षा परीक्षा एस् ईई ( SEE) को कुनै गुञ्जाएस् थिएन ।

परीक्षा सञ्चालन गर्न सकिने स्थिति साच्चै देखिएन । मास्टर्स र व्याचलरका परिक्षाहरु सबै स्थगित गरिए । मिडिया बाजि हुन थाल्यो , सरकारको मेडिकल सामाग्रि खरिद काण्ड देखि साईवर ह्याक सम्मका करतुत नेपालमा छायो र सरकार अालोचित बन्यो ।

त्यसपछि पुन बैशाख ०३ गतेसम्म लकडाउनको तेस्रो श्रृङखला तन्काईयो । हो लकडाउन थपिनु अाफैमा सुरक्षा अनुभुत गर्दै थिए नेपाली नागरिक । तर सरकारले उचित कदम अझै चाल्न नसकेको अावाज मिश्रित सुनिन्थ्यो ।

राजनिति धुर्वकृत हुन थाल्यो । राहात बाड्दा गरिएको अनियमितता र पारदर्शिता बारे नागरिक र भद्र भलाद्मीबाटै सरकारको अालोचना भयो ।शिक्षा मन्त्रालयले कक्षा ११/१२ को परीक्षा पनि स्थगित गर्न निर्देशन दियो । एस् ई ई को बाटोत बन्दाबन्दिनै थियो । नेपालिहरुको नयाँ बर्ष २०७७ सालले नेपालमा फैलिन खोज्दै गरेको कोरोना हटेर जानेमा सबै नेपाली विस्वस्त थिए । तर यसो हुन सकेन ।

सरकारले परिक्षणको दायारा बढाउनै सकेन । त्यसपछि थपियो अर्को अध्याय बैशाख १५ । यी दिनहरुमा सरकार अालोचित मात्र बनेन । सरकार परिवर्तनका खेलहरु भए । यो बिचमा अाईपुग्दा नेपालमा कोरोनाको माहामारि ह्वात्तै बढेको देखिन्थ्यो । रोजगार गुमाएकाहरुलाई सरकारले उचित व्यवस्थापन गर्ने तिर सरकारको ध्यान जान सकेन ।

दैनिकि श्रम गरेर रोजिरोटि गर्नेहरुका लागि उचित व्यवस्थापन सरकारले गर्न सकेन । परीक्षा लिएर नतिजा दिनु पुर्व अनलाईन कक्षाको होडबाजि चल्यो । परीक्षा नतिजा सार्वजनिक गर्न तिर सरकारले पहल पनि गर्यो । निजि विद्यालयहरुले नयाँ भर्ना सुरु गरौ भने ।

सरकारले हुन्छ भन्यो र फेरि रोक्यो । बैशाख २५ पाचौ अध्याय थियो बन्दाबन्दिको । बैशाख १५ बाट २५ सम्म अाईपुग्दा सरकार झण्डै परिवर्तन भईसकेको थियो तर टालटुल गरेर अायु लम्बाईयो । कोरोनाकै बिचमा सुकुम्वासि अायोग गठन प्रकरण विपक्षि दलहरुका लागि हतियार बन्यो । जनताले सरकारको गुहार मागे सरकार अब लकडाउनको विकल्प खोज ।

कीट सकियो , सासंदहरुको परिक्षण गरेपछि सरकार झनै अालोचित बन्यो । बिस्तारै लकडाउनको दायारा बदलियो तर यो मात्रै उचित कदम छैन । सङ्क्रमित एकै परिवारमा १७ जना सहित हाल ( सोमबार बिहान ११ बजे) सम्म १२० पुगिसके ।

पढ्न पर्नेहरु पढ्न पाएका छैनन् । परिक्षार्थिहरु परीक्षा हुने नहुनेमा दोधारमा छन् । रोजगार भएकाहरु बेरोजगार भएका छन् । विकास निर्माण ठप्प छ ।

सरकार अबत लकडाउनको विकल्प खोज । नागरिकको अावाज सुन्ने कसले सरकारले केही लकडाउनको मोडेलमा परिवर्तन गर्दै जेठ ०५ सम्मका लागि छैटौ पटक लकडाउको समय थप भएको छ ।

यसले नागरिकमा निरासापन बढाएको छ । लकडाउन मात्रै कोरोना नियन्त्रणको विकल्प होईन । कति दिन थप्छौ लकडाउनको समय ? कीट छैन । अावश्यक परिक्षण भएको छैन । नागरिकका दैनिकि कसरी सहज बनाउने ? यतातिर पनि सरकारको ध्यान जाअोस् । शुभकामना ।