कतारमा कोरोना संक्रमितको संख्या २२ हजार ५ सय नाघ्यो

कतारमा कोरोना संक्रमितको संख्या २२ हजार ५ सय नाघ्यो

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण कतारमा हालसम्म १४ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएसँगै कतारमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको हो ।

एकैदिन थप १ हजार १८९ जनामा कोरोनाको संक्रमण देखिएसँगै कतारमा कोरोना संक्रमितको संख्या २२ हजार ५२० पुगेको हो ।

कतारमा हालसम्म २ हजार ७५३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । १९ हजार ७५३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत कोरोना संक्रमित बिरामीमध्ये ७२ जनाको अवस्था गम्भीर रहेको छ ।

कतारमा ठूलो संख्यामा नेपाली कामदार रहेका कारण कतारस्थित नेपाली दूतावासले सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।