आयुर्वेदिक उत्पादन कम्पनीले कोरोनाको औसधि बनायो , परिक्षण गर्दा डाक्टर कै मृत्यु

आयुर्वेदिक उत्पादन कम्पनीले कोरोनाको औसधि बनायो , परिक्षण गर्दा डाक्टर कै मृत्यु

कोरोनाभाइरसको कहर संसारभरी जारी छ । यसबाट बच्ने उपायको खोजी पूरा संसारभरीका स्वास्थ्य क्षेत्रले अत्यधिक मिहिनेत गरिरहेका छन् । यसैबीच भारतको चेन्नईमा एक डाक्टर कोरोनाभाइरसको उपचारका लागि बनाइएको औषधीको परीक्षण गरिरहेका थिए तर परीक्षणका बेला नै उनको मृत्यु भयो ।

भारतीय मिडिया आजतकका अनुसार यो घटना चेन्नईको हो । यहाँ पेरुंगुडीमा बस्ने शिवनेसन, एक आयुर्वेदिक उत्पादन कम्पनीका साथै फार्मासिस्ट र प्रोडक्सन म्यानेजरको रुपमा काम गरिरहेका थिए । उक्त कम्पनी खोकीको औषधीका लागि चर्चित थियो ।

स्रोतका अनुसार कोरोनाभाइरससँग जुध्न शिवनेसन र उनका बोस राजकुमार एउटा औषधीको खोजी गरिरहेका थिए । उनले कोरोनाका लागि जुन औषधी बनाए, त्यसलाई आफूमाथि नै परीक्षण गर्न थाले । राजकुमारले त्यो औषधीको केही थोपा मात्रै पिए भने शिवसेननले धेरै नै पिएका थिए ।

औषधी सेवन गर्नेबित्तिकै यी दुई बेहोस भए । उनीहरुलाई नजिकैको अस्पताल पुर्याइयो । शिवनेसनको अस्पतालमा मृत्यु भयो जबकी राजकुमारको स्थिती स्थिर बताइएको छ र उनको उपचार चलिरहेको छ । यसबारे पुलिसले अनुसन्धान थालेको छ ।