मलेसिया मा कोरोनाको कारण १०८ जनाको मृत्यु ,नेपाली कामदारले सुरक्षा सतर्कता अपनाउन दूतावासको आग्रह

मलेसिया मा कोरोनाको कारण १०८ जनाको मृत्यु ,नेपाली कामदारले  सुरक्षा सतर्कता अपनाउन दूतावासको  आग्रह

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण मलेसियामा ज्यान गुमाउनेको संख्या १०८ पुगेको छ ।

मलेसियामा पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप एक जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १०८ पुगेको हो ।

मलेसियामा एकैदिन थप ५४ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ हजार ५८९ पुगेको छ ।

मलेसियामा संक्रमितमध्ये ४ हजार ९२९ जना उपचारपछि निको भएका छन् । १ हजार ५५२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये १८ जनाको अवस्था गम्भीर रहेको छ ।

वैदैशिक रोजगारीको सिलसिलामा ठूलो संख्यामा त्यहाँ नेपालीहरु रहेको हुँदा मलेसियास्थित नेपाली दूतावासले सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

नेपालीहरुमा कुनै समस्या देखिएमा दूतावासको सम्पर्कमा रहन समेत अनुरोध गरिएको छ ।