भरतपुर कोभिड १९ परीक्षण प्रयोगशाला आजबाट पुन संचालनमा

भरतपुर कोभिड १९ परीक्षण प्रयोगशाला आजबाट पुन संचालनमा

चितवन – कीट अभावको कारण बन्द रहेको भरतपुर कोभिड १९ परीक्षण प्रयोगशाला आजबाट पुन संचालनमा आएको छ ।

प्रयोगशालालाई सरकारले कीट उपलब्ध गराएपछि आजबाट पुन संचालनमा आएको हो ।भरतपुर अस्पतालका सुचना अधिकारी लीलाधर पौडेलका अनुसार प्रयोशालालाई सरकारले १ हजार ३ सय वटा नमुना परीक्षण गर्न पुग्ने किट उपलब्ध गराएको हो ।

कीट प्राप्त हुनासाथ आजबाट नै परीक्षण शुरु गरिएको पौडेलले जानकारी दिए ।हिजो र आज संकलन गरिएको ४६ जनाको स्वाब परीक्षण गरिएको उनले बताए ।

आज परीक्षण गरिएको सबै ४६ वटै रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिए । शुक्रबार संकलित २५ र आजको २१ गरी ४६ जनाको स्वाब परीक्षण गरिएकोमा सबै रिपोर्ट नेगेटिभ आएको हो ।