पर्साका ६२ वर्षीय कोरोना संक्रमित पुरुष किराना पसले भयको खुलासा

पर्साका ६२ वर्षीय  कोरोना संक्रमित पुरुष किराना पसले भयको खुलासा

कोरोना संक्रमित पर्साका ६२ वर्षीय पुरुष किराना पसल सन्चालक रहेको खुलेको छ ।

कोरोना पुष्टि भएलगत्तै उनलाई नारायणी कोभिड अस्पतालको आइसोलेसनमा राखिएको छ ।

उनी यसअघि भेटिएका संक्रमित परिवारका सदस्यको सम्पर्कमा रहेको बताएको छ ।

छपकैयामा यसअघि एकै परिवारका १८ जनामा कोरोना संक्रमण देखिएको थियो ।

नयाँ संक्रमितको सोही टोलमा किराना पसल थियो ।

कन्ट्याक्ट ट्रेसिङको क्रममा उनको पनि बिहीबार थ्रोट स्वाबको नमुना संकलन गरिएको थियो ।

शनिबार बिहान उनमा कोरोना पोजेटिभ देखिएको छ ।

उनी यसअघिको संक्रमित परिवारको ६६ वर्षीय पुरुषको सम्पर्कमा रहेको तथ्य खुलेकोहो।

त्यसअघि बैशाख २१ गते आइतबार वीरगञ्ज–३ छपकैयाका ३६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछि उनको परिवार, ससुराली लगायत सम्पर्कमा आएका ३२ जनाको थ्रोट स्वाबको नमुना परीक्षण गराउँदा परिवारका अन्य १७ सदस्यमा संक्रमण पुष्टि भयो ।