राप्ती नगरपालिका वडा नम्बर ५ मा प्रहरी र स्थानीयबीच झडप

राप्ती नगरपालिका वडा नम्बर ५ मा प्रहरी र स्थानीयबीच झडप

पूर्वी चितवनकाे राप्ती नगरपालिका वडा नम्बर ५ मा गएराती प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरीले दुई राउन्ड हवाईफायर गरेको छ ।

राप्ती नगरपालिका वर्डा नम्बर ५ स्थित चौकीडाँडामा गाजा तस्करलाई प्रहरीले संरक्षण गरेको भन्दै आक्रोशित बनेका स्थानीयलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाईफायर गर्नुपरेको प्रहरी स्रोतले जनाएको छ ।

स्थानीयले भने प्रहरीकै मिलेमतोमा गाँजा ओसारपसार हुने गरेको आरोप लगाएका छन् ।

गएराती राप्ती नगरपालिकाको वडा नम्बर ५ स्थित चौकीडाँडा भन्ने ठाउँमा रोटरी क्लबको बा १२ च २७१ नम्बरको रातो गाडीमा गाँजा तस्करी भइरहंदा त्यहाँका युवाहरुले रंगेहात नियन्त्रणमा लिएका थिए।

गाँजा नियन्त्रणमा लिएको प्रहरीले तस्करलाई पक्राउ गर्नुको सट्टा उल्टो स्थानीयलाई दमन गरेको आरोप स्थानीयको छ ।

प्रहरीले गाँजा पास गराउन उल्टै हवाईफायर गरेको स्थानियको आरोप छ।

लकडाउनको समयमा गाँजा तस्करलाई चितवन प्रहरीले संरक्षण गरेको भन्दै आक्रोशित बनेका स्थानीयलाई प्रहरीले एकाएक दमन गर्नु प्रहरीकै संरक्षणमा गाजा खेती खुलेआम भइरहेको एक स्थानिय वताउंछन् ।

केही दिन यता नेपाल प्रहरीले गाँजा तस्करलाई संरक्षण गर्न थालेपछि शसस्त्र प्रहरीले ठुलो परिमाणमा गाँजा बरामद गर्न थालेको छ।