नेपालमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमित संख्या १०९ पुग्यो

नेपालमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमित संख्या १०९ पुग्यो

नेपालमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमित हुनेको संख्या १०९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार उदयपुरको भुल्केका ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जनामा संक्रमण पुष्टि भएको हो ।

उदपयपुरको भुल्के निवासी १८, ४५ र ६५ वर्षका महिलाहरु, कपिलवस्तुमा १७ र १८ वर्षका पुरुषहरु तथा पर्साको छपकैयामा ६२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

उनीहरु सबैको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्राले जनाएको छ ।