लियो क्लव अफ गीतानगरको नेतृत्व हाक्दै ओझा

लियो क्लव अफ गीतानगरको नेतृत्व हाक्दै  ओझा

लियो क्लव अफ गीतानगरको वर्ष २०२०÷२१ को अध्यक्षमा संजिव ओझा चयन हुनुभएको छ । कोरोनो संक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनको पुर्ण पालना गर्दै अनलाईन प्रविधिमार्फत गरिएको १६ औं शाखा अधिवेशले ओझाको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो ।

क्लवको प्रथम उपाध्यक्षमा विवेक पोख्रेल, सचिवमा श्याम विश्वकर्मा र कोषाध्यक्षमा शिव शर्मालाई सर्वसम्मत रुपमा चयन गरिएको छ ।

बाँकी कार्यसमितिका सदस्यहरु भने क्लवको पहिलो बैठकले चयन छ ।

नयाँ कार्यसमितिलाई पुनःएक विशेष कार्यक्रमका विच पद हस्तान्तरण गरीनेछ ।

अनलाईन मार्फतनै क्लवका पूर्व अध्यक्ष विकास श्रेष्ठ, आशिस दाहाल र निर्वतमान अध्यक्ष विशाल कोइरालाले निर्वाचित सदस्यहरुलाई बधाई दिनुभएको थियो ।

निर्वाचित अध्यक्ष ओझाले क्लव अहिले पहिलो प्राथमिकता कोरोना बाट बच्न र बचाउन सचेतना कार्यक्रम गरीने बताउनु भएको छ ।

उहाँले भरतपुर ०६ र १३ का विपन्न परिवारहरुलाई राहत वितरणको लागि स्थानी सरकार संग पहलगरी सहकार्य गर्ने समेत बताउनु भएको छ ।