२०–२५ जना भारतीयले सिमामा खटिएका सशस्त्र प्रहरी कुटे

२०–२५ जना भारतीयले सिमामा  खटिएका सशस्त्र प्रहरी कुटे

वीरगन्जको अलौंस्थित सीमा नाकामा खटिएका सशस्त्र प्रहरीलाई भारतीयले कुटपिट गरेका छन् । सीमापारि गाउँ हरैयाबाट आएका २०–२५ जना भारतीयले अलौंको सिवानटोल नाकामा खटिएका सशस्त्र प्रहरी जवान बालप्रसाद भारतले आवत जावतमा रोक लगाएपछि कुटपिट गरेका छन् ।

कुटपिट गर्न थालेपछि उनीसंगै डयुटीमा रहेका अर्का सशस्त्र प्रहरी जवानले हवाइ फायर गरेका थिए । हवाइफायर गरिएपछि भने भारतीयहरु भागेका छन् । सो क्रममा भारतीयले लछारपछार गर्दै सशस्त्र प्रहरी जवानको पोशाक समेत च्यातिदिएका छन् ।

भारतको हरैया गाउँ तिरबाट नेपाल प्रवेश गर्न खोज्नेलाई सशस्त्र प्रहरीले रोकेपछि उनीहरु आक्रमणमा उत्रेका हुन् । घटनापछि सीमा क्षेत्रमा सुरक्षा सतकर्ता बढाइएको छ ।

सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवँरको नेतृत्वमा टोलीले सीमा क्षेत्रको अवलोकन समेत गरेको छ । भारतीय सीमा सुरक्षा बलसँग पनि घटनाबारे प्रहरीले जानकारी लिएको छ । अहिले भने अलौको अवस्था सामान्य रहेको छ ।