विहान उठ्ने वित्तिकै श्रृंगार गरेकी महिला देखियो भने दिन शुभ हुन्छ, अरु के के देखे सुभ ?

विहान उठ्ने वित्तिकै श्रृंगार गरेकी महिला देखियो भने दिन शुभ हुन्छ, अरु के के देखे सुभ ?

हामीले कुनैपनी कार्य गर्दा शास्त्र अनुसार गरे हाम्रो जिवनमा धेरै नै राम्रो फल प्राप्त हुन्छ । हिन्दुधर्मालम्वीहरु शास्त्रमा एकदम विश्वास गर्ने हुन्छ । यदी सानो सानो कुरा पनी शास्त्रमा भनिएको अनुसार गरिएमा हाम्रो जिवनमा आईपर्ने समस्याहरु टरेर जान्छ । शास्त्रले भन्छ कुनै–कुनै कुरा बिहान उठ्नसाथ देखियाे भने शुभ हुन्छ । ती के–के कुराहरु हुन् तल दिर्ईएको छ ।

कुकुर
शास्त्रमा विहानको समयमा उठ्ने वित्तिकै कुकुर देखिनु पनि शुभ हुने उल्लेख छ । कुकुरको दर्शनले पनि दिनभरी शुभफल दिन्छ ।

गाई
विहान उठ्ने वित्तिकै गाई देखियो भने दिन शुभ हुन्छ । गाइको आवाज कानमा परेर विउँझिनु झनै राम्रो मानिन्छ । विहानमा कालो रंगको गाई देखिनु त झनै राम्रो हो ।

श्रृंगार गरेकी स्त्री
विहान उठ्ने वित्तिकै श्रृंगार गरेकी महिला देखियो भने दिन शुभ हुन्छ । घरमा उठ्दा रातो बस्त्र लगाएकी स्त्री देख्नु पनि शुभ हुने संकेत हो । तपाइँलाई लाभ मिल्न सक्छ ।

आगो
विहान उठ्ने वित्तिकै अग्निको दर्शन हुनुलाई शुभ मानिन्छ । विहानमा अग्निको दर्शनले दिनभरी उर्जाशिल राख्ने शास्त्रमा उल्लेख छ ।

धर्मग्रन्थ
विहान उठ्ने वित्तिकै धर्मग्रन्थ देखियो भने राम्रो हुन्छ । कुनै धर्मग्रन्थ अध्यन गरिरहेको वा बाचन गरिरहेको ब्यक्तिलाई उठ्ने वित्तिकै देखियो भने पनि दिन शुभ हुन्छ ।