आज कोरोनाको लडाइँका अग्रभागमा खटिरहेका प्रति उच्च सम्मानस्वरुप र मृत्युवरण गरेकाको शान्तिका लागि दीप प्रज्वलन गर्न आग्रह

आज कोरोनाको लडाइँका अग्रभागमा खटिरहेका प्रति उच्च सम्मानस्वरुप र मृत्युवरण गरेकाको शान्तिका लागि दीप प्रज्वलन गर्न आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले आज २५६४ औँ बुद्धजयन्तीका अवसरमा दीप प्रज्वलन गर्न आग्रह गरेका छन् ।

उनले २५६४ औँ बुद्धजयन्तीका अवसरमा आज साँझ ७ बजे सबै नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गरेको उनका प्रेस सल्लाहकारका सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्धको लडाइँका अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयंसेसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभ र मृत्युवरण गरेकाको शान्तिका लागि दीप प्रज्वलन गर्न आग्रह रेका हुन् ।