विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित मुलुकको सूचीमा भारत १४ औं नम्बरमा

विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित मुलुकको सूचीमा भारत १४ औं नम्बरमा

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा ज्यान गुमाउनेको संख्या १ हजार ७ सय नाघेको छ ।

गएको २४ घण्टामा कोरोनाका कारण ८२ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या भारतमा १ हजार ७८५ पुगेको हो ।

भारतमा एकैदिन थप ३ हजार ५८७ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५२ हजार ९८७ पुगेको छ ।

भारतमा संक्रमितमध्ये १५ हजार ३३१ जना उपचारपछि निको भएका छन् । ३५ हजार ८७१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सार्क मुलुकमा पनि भारत सबैभन्दा भन्दा बढी कोरोना प्रभावित मुलुकको रुपमा देखिएको छ ।

विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित मुलुकको सूचीमा भारत १४ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा रहेको छ ।

एसियाली मुलुकमा टर्की सबैभन्दा प्रभावित छ । जहाँ ३ हजार ५८५ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी इरानमा ६ हजार ४१४ जनाले ज्यान गुमाएका छन् भने चीनमा ४ हजार ६३३ जनाको मृत्यु भएको छ ।