कोरोनाले बेलायतमा तिस हजारले ज्यान गुमाय

कोरोनाले बेलायतमा तिस हजारले ज्यान गुमाय

४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले अमेरिकापछि बेलायतमा धेरै मानिसको मृत्यु भएको छ ।

बेलायतमा पछिल्लो २४ घण्टामा थप ६४९ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३० हजार ७६ पुगेको छ । मृतकको यो संख्या युरोपकै सबैभन्दा धेरै हो ।

यो समाचार तयार पार्दासम्म २ लाख १ हजार १०१ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ६ हजार १११ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या पनि २ लाख नाघेको हो ।

१ लाख ७० हजार ६८१ जनाको उपचार भइरहेकोमा १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।