बियर स्वास्थ्यका लागि फाइदाजनक, दूध घातक : पेटा

बियर स्वास्थ्यका लागि फाइदाजनक, दूध घातक : पेटा

 मदिरा वा वियर स्वास्थ्यका लागि राम्रो मानिँदैन । यसै कारण सानैदेखि दूधको उपयोगीताबारे अध्ययन गराइन्छ । दूध पिउनुपर्छ भनेर सिकाइन्छ । तर पिपुल फर इथिकल ट्रिटमेन्ट अफ एनिमल (पेटा)ले नयाँ तथ्य बाहिर ल्याएको छ ।

उसले वियर खानु स्वास्थ्यका लागि राम्रो भनेको छ भने दूध हानिकारक रहेको विवरण सार्वजनिक गरेको छ ।

पेटाका अनुसार वियरले हड्डीलाई बलियोमात्र बनाउँदैन आयु बढाउँछ । यहि समयमा पेटाले मानिसहरूलाई दूध नपिउनका लागि सल्लाह पनि दिएको छ ।

यति मात्र होइन, दूध पिउँदा स्वास्थ्यमा हुने नोक्सानीका विषयमा पनि पेटाले उजागर गरेको छ । दूधले मोटोपना, चिनी रोगदेखि क्यान्सर जस्ता घातक रोग हुने पेटाको दाबी छ ।

पेटाका अनुसार हावर्ड स्कुल अफ पब्लिक हेल्थको एउटा रिपोर्टको आधारले यस्तो देखाएको हो । पेटाको यो दाबीपछि भने एउटा ठूलो बहस सुरु भएको छ ।

वियरलाई एउटा अल्कोहल बेभेरेज मानिन्छ । यो बनाउन जुन सामानको प्रयोग गरिन्छ त्यसमा कयौं पोषक तत्व पाइन्छ । बियर बनाउन जौ, गहुँ, मक्का र चामलको प्रयोग गरिन्छ ।