सम्बन्ध बिगार्ने ३ वटा खराब बानीहरु, तपाईमा पनि हुन सक्छ !

सम्बन्ध बिगार्ने ३ वटा खराब बानीहरु, तपाईमा पनि हुन सक्छ !

एक अटुट विश्वास र प्रेमले भरिपूर्ण जीवन कसको पो चाहना हुँदैन होला र ? तर के मानिसले साचेजस्तै सम्बन्ध हासिल भइरहको होला त ? पक्कै पनि छैन । आफ्नो क्षेत्रमा निकै सफल र नाम, पद, प्रतिष्ठा र ईज्जत कमाएका भनिएकाहरुको पनि दाम्पत्य जीवन नारकीय रहेको समाचारहरु आईरहेको छन् ।

अक्सर केवल एक अर्काबीचको अविश्वास मात्रै सम्बन्ध विग्रने प्रमुख कारणको रुपमा लिइएको थियो । तर अविश्वाससम्म पुग्नु शंका पैदा हुने केही यस्ता कारणहरु छन् जसले गर्दा एक अर्काबीचकाे भरोसामा प्रश्न खडा हुने गर्दछ । जसको अन्तिम विन्दु अन्तत तिक्ततापूर्ण विछोड हुने गर्दछ ।

गुडम्यान प्रोजेक्टमा प्रकाशित यस्ता तीन विश्वासघातका लक्षण निम्त्याउने निम्न छन् । यदि यस्ता केही लक्षण आफ्नो जीवनसाथीमा भेट्नुहुन्छ भने कि सचेत हुनुहोस् कि सुध्रनुहोस् वा सुध्रन प्रेरित गर्नुहोस् । किनकी जसरी शरीरमा गहिरो चोट सदैव रहन्छ तसर्थ घाउले ठूलो रुप नलिँदै उपचार गर्नु एकदम श्रेयष्कर हुन्छ ।

१. भावनात्मक छलकपट : अक्सर सम्बन्धमा यदि पार्टनरले आफ्नो सामान्य साथीको बारेमा भन्ने गर्छन् वा नभने पनि त्यो महसुस गर्न सकिएला । तर यदि अरु कोहीसँगको देखाउने सम्बन्ध साथी तथा भित्री फन्डा चाँहि साथी भन्दा माथि छ भने त्यो लुकाउने गर्छन् । यसो हो भने केही न केही खराबी छ भन्ने बुज्नु राम्रो हुनेछ । जस्तै, यहाँनेर यस्ता ५ प्रश्नहरु प्रस्तुत गरिएका छन् कि तपाइको पार्टनरको अरु कोहीसँगको मित्रता सामान्य मित्रता हो कि होइन पत्ता लगाउनुस् ।

– के त्यो मित्रता एकअर्कामा लुकाइएको छ ?

– के तपाइले त्यो मित्रताको बारेमा सोध्दा के “चिन्ता नगर” वा केही निराशाजन्य जवाफ आउँछ ?
– त्यो मित्रतालाई अन्त्य गर्नु भन्दा “नो” भन्ने जवाफ आउँछ ?
– के तपाइबाट सम्भावित शंका निवारण गर्न सीमाहरुलाई बन्देज गर्न खोजिएको छ ?
– तपाइहरुकाबीचमा केही खटपट हुँदा उक्त तेस्रो मानिससँग त्यो कुरा पुगेर विभिन्न टिका टिप्पणी हुने गर्छ ?

यदि यी उल्लेखित प्रश्नहरुको जवाफ सकारात्मक आउँछ भने तपाईको पार्टनरको अरु कोहीसँग सामान्य साथीको मात्र नभएर कुनै अन्तरङ्ग सम्बन्ध रहेको हुन सक्छ ।

२. सशर्त प्रेम : त्यस्तै अर्काे लक्षण जसले सम्बन्धलाई दरार बनाइरहेको हुन सक्छ, त्यो हो स्वार्थगत अथवा सशर्त प्रेम । यदि तपाइको प्रेमी वा पार्टनर केवल केही प्राप्तिको आशाले मात्रै जोडिएको छ, वा खुशी छ भने त्यो वास्तवमा तपाइको प्रभावले होइन बल कि तपाइद्धारा तत्कालीन स्वार्थ पुर्ति गर्न हुनसक्छ जुन कुराले चिरस्थायी सम्बन्धको जग भत्काउने कार्य गर्छ ।

अब कसरी निशर्त प्रेम स्थापित गर्न सकिन्छ त ? खुलेर कुनै पनि समस्याको बारेमा कुरा गर्नुस् । नियमित कुराकानीले प्रेममा ताजापन ल्याउँछ भने समस्याको समाधानको उपायहरु दिने गर्दछ । तर यो सबै त्यतिखेर हो जतिखेर दुवै पार्टनर एकअर्कालाई गुमाउन चाहँदैनन् ।

३. भावनात्मक साथको कमी : एक प्रतिबद्ध सम्बन्धमा आवश्यक परेको बेलामा एकअर्कालाई सदैव भावनात्मक साथको खाँचो रहेको हुन्छ । पछिल्लो अनुसन्धानले खुशी तथा विशेष अवसरमा साथमा रहेर आफ्ना प्रेमील समय बिताउने ८६ प्रतिशत जोडीहरु एक अर्काप्रति गुणात्मक समय दिएर समर्पित हुन्छन् । भने समस्याग्रस्त जोडीहरुले केवल ३३ प्रतिशत समय एकअर्कामा भावनात्मक रुपमा बिताउने गर्छन् ।

यी सबै समस्याहरुबाट छुट्कारा पाएर कसरी जोडीहरुबीच अर्थपूर्ण र समुधर सम्बन्ध स्थापित गर्न सकिन्छ त ?
– सर्वप्रथम यदि समस्याको चुरो कुरो पत्ता लगाउने ।
– एक अर्कामा सांस्कृतिक लगायत कार्यक्रमहरुबाट सामिप्यता बढाउन कोसिस गर्नुस् ।
– एकअर्कामा इमानदार हुनुस् ।
यदि यो सबै कार्यले पनि समस्या समाधान भएन भने अझै तपाइमै समस्या होला वा तपाइको पार्टनरमा खोज्नुस् र उचित समाधानतर्फ लाग्नुस् ।