लकडाउनको मौका छोपी जुवा तास खेल्ने ६ जना प्रहरीको फन्दामा

लकडाउनको मौका छोपी जुवा तास खेल्ने ६ जना प्रहरीको फन्दामा

लकडाउनका बेला जुवातास खेलिरहेको अवस्थामा कास्की प्रहरीले पोखराबाट ६ जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका-६ लेकसाईड बस्ने रौतहट चन्द्रनिगाहपुर-५ घर भएका ४७ वर्षीय दुर्गा बहादुर सुवेदीको दूर्गा बेकरीमा जुवातास खेलिरहेको अवस्थामा सुवेदी लगायत ६ जनालाई नगद ३६ हजार ६ सय ९० रुपैयाँ र ४ बुक तास सहित मंगलबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीले जानकारी दिएको छ ।

उक्त स्थानमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले बेकरी संचालक दुर्गा समेतका उनीहरुलाई पक्राउ गरेको हो ।