कोरोनाभाइरसको उपचारका लागि आवश्यक सामग्री बोकेको विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु

कोरोनाभाइरसको उपचारका लागि आवश्यक सामग्री बोकेको विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु

सोमालियामा कोरोनाभाइरसको उपचारका लागि आवश्यक सामग्री बोकेको विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

त्यहाँका अधिकारीहरुकाअनुसार विमानमा रहेका चालकदलका सदस्यसहित सबैको मृत्यु भएको हो ।

राजधानी मोगादिशुको पश्चिमी भागमा विमानस्थलको नजिकै विमान खसेको हो ।

विमान दुर्घटनाका कारण अज्ञात रहेको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

मृत्यु हुनेमा सोमालिया र केन्याका नागरिकहरु रहेको बताइएको छ । (एजेन्सी)

यो पनि पढ्नुहोस

एजेन्सी । विश्वका शीर्ष नेताहरु कोरोना भाइरसको खोप निर्माणमा ८ अर्ब डलर जुटाउन सहमत भएका छन् ।

यूरोपियन कमिसनले खोप निर्माणका लागि खडा गरिएको कोषमा एक अर्ब डलर सहयोगको घोषणा गरेको छ ।

सहयोग गर्नेमा राष्ट्रसंघ, दातृ निकायलगायतका ३० भन्दा बढी मुलुक छन् । फ्रान्स, जर्मनी र साउदी अरेबियाले ५ सय मिलियन यूरो, जापानले ८ सय मिलियन डलर र पप गायिका म्याडोनाले ११ लाख डलर सहयोग गर्ने वचन दिएकी छन् ।

सम्मेलनबाट संकलन भएको मध्ये चार अर्ब ४० करोड अमेरिकी डलर खोप निर्माणका लागि जाने जनाइएको छ ।

यस्तै दुई अर्ब डलर उपचारको खोजीका लागि र एक अर्ब ६० करोड डलर खोपको परीक्षणका लागि छुट्याइएको छ ।

यूरोपियन यूनियनको पहलमा आयोजित अनलाइन सम्मेलनमा विभिन्न ४० मुलुक र दाताहरुले भाग लिएका थिए । अमेरिका र रुसले भने सम्मेलनमा भाग लिएनन् ।

ईयू कमिसनकी अध्यक्ष उर्सुला भोन डेर लायेनले सहयोग जुटेको रकमले कोरोना भाइरसविरुद्धको खोप बनाउने अभियानमा अत्यावश्यक सहकार्यलाई अघि बढाउने बताइन् ।

सहयोगले सांचो एकता र मानवता देखाएको र यो सहयोग थप आवश्यक रहेको उनको भनाई थियो ।

विश्व स्वास्थ्य संगठनले खोप या औषधि बिना कोरोना भाइरसमाथि नियन्त्रण नभएको बताउंदै आएको छ ।