२६ गतेबाट लकडाउनकाे स्वरूप परिवर्तन हुने ,यि क्षेत्रमा हुने छ खुकुलो

२६ गतेबाट लकडाउनकाे स्वरूप परिवर्तन हुने ,यि  क्षेत्रमा हुने छ  खुकुलो

सरकारले काेराेना संक्रमण नदेखिएकाे जिल्लामा अागामी २६ गतेबाट लकडाउनकाे खुकुलाे पार्ने नयाँ ढाँचा तयार गरेकाे छ ।

कृषि उत्पादनमूलक उद्याेग, अत्यावश्यक वस्तुकाे ढुवानी तथा बिक्री र पूर्वाधार निर्माणमा अवराेध नगर्ने गरी लकडाउन खुकुलाे बनाउँन लागिएकाे हाे ।

उपप्रधान तथा रक्षामन्त्री इश्वर पाेखरेलकाे अध्यक्षतामा साेमबार बसेकाे बैठकमा लकडाउनकाे नयाँ ढाँचाबारे छलफल भएकाे थियाे ।

मुख्यसचिव लाेकदर्शन रेग्मीकाे अध्यक्षतामा गठित समितिले बैठकमा २६ गतेबाट लकडाउनकाे स्वरूपमा परिवर्तन हुनेगरी प्रस्ताव पेस गरेकाे थियाे ।

लकडाउन खुकुलाे पार्ने उक्त खाकालाइ उच्चस्तरीय समन्वय समितिले अाज अनुमाेदन गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गर्नेछ।

यसै बीच

नेपालमा सबैभन्दा बढी प्रदेश नम्बर १ कोरोना सङ्क्रमणबाट प्रभावित भएको छ । कर्णाली प्रदेशमा अहिलेसम्म सङ्क्रमण देखिएको छैन ।

कुल सङ्क्रमितको सङ्ख्या ८२ पुग्दा प्रदेश नम्बर १ मा मात्रै ३१ जनामा सङ्क्रमण देखिएको प्रवक्ता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताउनुभयो ।

यसैगरी प्रदेश नम्बर ५ मा २४ र प्रदेश नम्बर २ मा १३ जनामा सङ्क्रमण देखिएको छ । यस्तै वाग्मती प्रदेशमा ७ र सुदूरपश्चिममा ५ र गण्डकी प्रदेशमा २ जनामा सङ्क्रमण देखिएको उहाँले बताउनुभयो ।

सङ्क्रमितमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ६६ जनाको विभिन्न अस्पतलमा उपचार भइरहेको छ ।

उनीहरु सबैको अवस्था सामान्य रहेको बताइएकाे छ ।

अहिले एक सय ६ जना शङ्कास्पद बिरामी आइसोलेसनमा उपचाररत रहेका छन् । उपत्यकामा एक र उपत्यकाबाहिर एक सय पाँच जना उपचाररत रहेका छन् । देशभरि २१ हजार पाँच सय २३ जना क्वरेण्टीनमा रहेका छन् ।

अहिलेसम्म पीसीआर विधिबाट १३ हजार ६ सय ४० जनाकाे नमुना परीक्षण भएको छ । आरडीटी विधिबाट ५० हजार आठ सय ४५ जनाको परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो । पछिल्लो २४ घण्टामा एक हजार तीन सय ८२ जनाको परीक्षण भएको छ ।

प्रदेश नम्बर १ मा पाँच हजार आठ सय ३७, प्रदेश नम्बर २ मा पाँच हजार सात सय ३६ र वाग्मती प्रदेशमा आठ हजार ६ सय १० जनाको आरडीटी परीक्षण भएको छ ।

यस्तै गरी गण्डकी प्रदेशमा पाँच हजार आठ सय ८२, प्रदेश नम्बर ५ मा चार हजार आठ सय ३१, कर्णाली प्रदेशमा आठ हजार एक सय १३ र सुदूरपश्चिम प्रदेशमा १४ हजार एक सय ३६ जनाको आरडीटी परीक्षण भएको प्रवक्त देवकोटाले बताउनुभयो ।