सीमामा भारतीय प्रहरीको दादागिरी खेतमा काम गरिरहेका नेपाली कुटे

सीमामा भारतीय प्रहरीको दादागिरी खेतमा काम गरिरहेका नेपाली कुटे

बाराको बिश्रामपुर गाउँपालिका वडा नं. ४ बलिरामपुरमा नेपाली र भारतीयबीच झडप भएको छ । बिहान भएको झडपमा केही नेपाली घाइते भएका छन् ।

झडपमा अशोक कुमार साह, कमलेश शर्मा, हिरालाल शर्मा, दीपक शर्मा, छोटेलाल साह, मदन साह लगायत घाइते छन् । अशोकको टाउकोमा चोट लागेको छ ।

अन्यको अवस्था सामान्य रहेको वडा अध्यक्ष मदन प्रसाद यादवले जानकारी दिए । ‘खेतमा काम गर्न गएका स्थानीयलाई एसएसबीले कुटपीट गरेपछि स्थिति बिग्रिएको हो ।

दुवैतिरबाट सर्वसाधारण झडपमा उत्रिएका थिए,’ उनले भने, ‘नेपाली सुरक्षाकर्मीको तुलनामा भारतीय सुरक्षाकर्मी बढी आएका थिए ।’

सीमा क्षेत्रमा स्थानीय छोटेलाल साहको १५ कठ्ठा खेत छ । पानी परिरहेकाले खेत जोत्नका लागि योग्य छ कि छैन भनी उनी हेर्न गएका थिए ।

खेतमै रहेको अवस्थामा भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)का जवानले कुटपीट गरेको उनी बताउँछन् ।

‘खेतको बीच भागमा पुगेको थिएँ, एसएसबीले आएर घे¥यो, समातेर सीमामा हिँड् भन्दै थिए । दुईचार डण्डा पनि लगाइहाले,’ उनले भने ।

आफूलाई एसएसबीले ज्यादती गरेको भन्दै उनले गाउँलेसँग गुहार मागेका थिए । त्यसपछि स्थानीय प्रतिकारमा उत्रिएका थिए ।

एसएसबीविरुद्ध नेपालीहरु जाइलागेपछि भारतीय पनि लाठी भाटा लिएर आएपछि स्थिति तनावपूर्ण बनेको थियो ।

पछि दुवै तर्फका सुरक्षाकर्मीले स्थानीयलाई सम्झाइबुझाइ गरेर स्थिति सामान्य पारेका थिए ।

बाराका सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदीले लकडाउनका कारण दुवैतर्फका मानिसहरु तनावमा रहेकोले सामान्य विवाद भएको बताए ।

‘लकडाउन छ, मानिसहरु तनावमा छन्, सीमा क्षेत्रमा दुवै देशका नागरिकबीच सामान्य विवाद भएको हो,’ उनले भने, ‘अहिले स्थिति सामान्य भइसकेको छ ।’

लकडाउनलाई कडाइ गर्न बाराका सीमा क्षेत्रमा सशस्त्र प्रहरीको जनशक्ति थपेर परिचालन गरिएको छ ।

यो पनि पढ्नुहोस

ठूलो मात्रामा विष्फोटक पदार्थसहित विप्लव समूहका कार्यकर्ता पक्राउ परेका छन् ।

इलामको माई नगरपालिका–९ बोरुङमा ठुलो परिमाणमा विष्फोट पदार्थसहित नेत्र विक्रम चन्द विप्लब नेतृत्वका जिल्ला इन्चार्ज र २ जना कार्यकर्ता पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको विशेष सुराकीका आधार शसस्त्र प्रहरी समेतको टोलीले सोमबार राति ११ बजे उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा संखुवासभा घर भएका इलाम जिल्ला इन्चार्ज पुष्प कोइराला, ताप्लेजुङ लिकुखोला घर भएका जनम भनिने २४ वर्षीय पासाङ शेर्पा र उदयपुरका सौरभ भनिने १९ वर्षीय बर्षिय पासाङ तामाङलाई विष्फोटक पदार्थ र त्यसका लागि प्रयोग हुने सामग्री सहित पक्राउ गरेको इलामका प्रहरी उपरिक्षक हिराबहादुर पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार उनीहरुको साथबाट विष्फोटक पदार्थ डिटोनेटर १९ थान, प्रेसरकुकर बम १ थान, ग्रिनेड १ थान, टुकि बम १ थान, पाइपमा फिट गरिएको बम १ थान, डेथ कड ६७ फिट, बम बिष्फोटमा प्रयोग हुने मिटर र रिमोट ४ थान, विभिन्न प्रकारका बिष्फोटक पदार्थ, चक्कु तथा दस्तावेजहरु फेला पारिएको छ ।

पक्राउ परेका तीनै जनालाई अहिले जिल्ला प्रहरी कार्यालय इलाम ल्याइपुर्‍याइएको छ ।