उपहारमा मिलेका र चोरीका जुता लगाउनु हुँदैन

उपहारमा मिलेका र चोरीका जुता लगाउनु हुँदैन

हामीले बच्चादेखि नै सुन्दै आएका छौं कि जुता तथा चप्पल उल्टो पल्टिएको छ भने त्यसलाई सुल्टो (सीधा) पल्टाउनुपर्छ । बाटो तथा आँगन अगाडि उल्टो जुता देखियो भने साइत बिग्रिन्छ भन्ने मान्यता अहिले पनि छ ।

ज्योतिष शास्त्रका अनुसार मानव जीवनसँग सम्बन्धित हरेक चीज कुनै न कुनै ग्रहसँग जोडिएका हुन्छन् । यसै क्रममा हाम्रा जुता पनि आउँछन् ।

ज्योतिष शास्त्रका अनुसार हाम्रा जुताको सम्बन्ध शनि ग्रहसँग हुन्छ । यसकारण यो पनि मान्यता छ कि जसलाई शनिको दशा लागेको हुन्छ उनीहरुले जुता दान गर्नु पर्ने हुन्छ ।

आज हामीले हामीले लगाउने जुता र त्यसले हाम्रो दैनिक जीवनमा पार्ने प्रभावबारे उल्लेख गर्दैछौं:

जुता कसरी राख्ने ?

वास्तु शास्त्रका अनुसार तपाईले आफ्नो घरमा जुता तथा जुता राख्ने र्याक उत्तर–पूर्व दिशामा राख्नु हुँदैन ।

यस्तो यसकारण कि यही दिशाबाटै घरमा सूर्यको किरण प्रवेश गर्छ । यस्तो अवस्थामा तपाईको जुताले घरमा प्रवेश गर्ने सकरात्मक उर्जामा बाधा पुर्याउन सक्छ ।

उपहारमा मिलेका र चोरीका जुता लगाउनु हुँदैन

शास्त्रीय मान्यता छ कि कहिल्यै पनि उपहारमा मिलेका तथा चोरेर ल्याएका जुता लगाउनु हुँदैन । यसले भाग्यसँग तपाईंको मिलनलाई बन्द गरिदिन्छ । व्यक्तिगत करियरका लागि पनि उपहारमा मिलेका जुता लगाउनु राम्रो मानिदैन ।

कसले कस्तो जुता लगाउने ?

यदि तपाईं बैंकिङ या शिक्षा क्षेत्रमा काम गर्नु हुन्छ भने तपाईंले खेरौ र गाढा पहेँलो रंगको जुता लगाउनु राम्रो हुँदैन ।

यसले तपाईंको आम्दानीमा नराम्रो असर पर्न सक्छ । यो क्षेत्रका काम गर्ने व्यक्तिले निलो रंगका जुता लगाउन सक्नुहुन्छ ।

यसले तपाईको व्यक्तित्व र करियरमा राम्रो प्रभाव पर्नेछ ।

यदि तपाई चिकित्सा (मेडिकल) र फलामसँग जोडिएको क्षेत्रमा काम गर्नुहुन्छ भने सेतो रंगका जुत्ता कहिल्यै नलगाउनुहोस् ।

यसले आर्थिक क्षति हुन्छ । यो क्षेत्रमा काम गर्ने व्यक्तिले कालो रंगको जुता लगाउँदा धेरै राम्रो हुन्छ ।

यो पनि पढ्नुहोस

चीनमा एक व्यक्तिले भूलवश फोहोर फ्याँक्ने भाँडोमा २० लाख रुपैयाँ फ्याँकिदिएका छन् । पैसा राख्नका लागि उनी बैंक पुग्दा पो भूलवश फोहोरको साटो पैसा फ्याँकेको उनले थाहा पाए ।

लियाओनिङमा वाङ नामक व्यक्ति दुईवटा थैला बोकेर निस्केका थिए । एउटामा घरको फोहोर थियो भने अर्कोमा लगभग २० लाख रुपैयाँ थियो । झुक्केर उनले पैसाको थैली पो भाँडोमा फ्याँकिदिएछन् ।

बैंकमा पुगेर गल्ती थाहा पाएपछि उनी दौडिँदै फोहोरको भाँडोमा आए तर त्यतिखेरसम्म पैसा हराइसकेको थियो । अनि उनले प्रहरीसमक्ष उजुरी दर्ता गरे ।

प्रहरीले फोहोरको भाँडोनजिक रहेको सीसीटीभी क्यामरा चेक गर्यो । तर फूटेज सफा नभएकाले केही पत्ता लाग्न सकेन ।

अनि प्रहरीले वरपरका मानिसलाई सोधखोज गर्यो । सोधपुछका बेलामा एक महिलाले आफूसँग थैलो भएको सुनाइन् । उनले प्रहरीलाई थैली बुझाइन् ।

थैली भेटेदेखि आफू आरामले सुत्न नसकेको अनि यति धेरै पैसाको के गर्ने भनेर छटपटाएको उनले बताइन् ।

महिलाको इमान्दारी देखेर वाङ खुशी भए अनि पुरस्कारस्वरूप दुई हजार युआन दिए ।